दफा ४१
बहस पैरवी
(१) आयोगले कुनै कानूनी हक वा विवादको सम्बन्धमा कुनै अड्डा अदालतमा निवेदन दिन वा वादी भई मुद्दा चलाउन आवश्यक परेमा त्यस्तो निवेदन तयार गर्न, मुद्दा दायर गर्न र त्यसमा बहस पैरवी गर्न वा आयोग विरुद्ध कसैले कुनै कानूनी कारबाही चलाएकोमा वा मुद्दा दायर गरेकोमा लिखित जवाफ वा प्रतिउत्तरपत्र तयार गर्न, दर्ता गर्न वा बहस पैरवी वा प्रतिरक्षा गर्न आयोगले सरकारी वकिलको सहयोग लिनेछ ।
(२) मतदाता नामावली तयार गर्ने लगायत निर्वाचन सम्बन्धी कुनै वा सबै कामका लागि आयोगबाट नियुक्त गरिएका, खटाइएका, तोकिएका वा लगाइएका पदाधिकारी तथा कर्मचारी एवं व्यक्तिहरुले प्रचलित कानून बमोजिम गर्नु पर्ने काम असल नियतले सम्पादन गर्दा त्यस सम्बन्धमा निजको विरुद्ध दिइएको मुद्दा वा कानूनी कारबाहीमा आयोगले आवश्यकता तथा उपयुक्तताको आधारमा सरकारी वकिल मार्फत प्रतिरक्षा गराउनेछ ।